योग समिति नेपालद्धारा ९औँ राष्ट्रिय योग दिवस मनाउँदै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । योग समिति नेपालले सोमबार नेपालगञ्जमा ९औँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योगगुरु गिरिराज भट्टराईले बताएका छन् । नेपालगञ्जका प्रमुख बिष्टले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको भन्दै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको जनाएका छन् ।
शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको उनले जानकारी दिएका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास ग्रामीण क्षेत्रमा योगबारे अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको बताएका छन् ।
अध्यक्ष शाहले नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रियस्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न योग समिति नेपाललाई आग्रह गरेका छन् । सो अवसरमा योगमार्फत मानवसेवामा अतुलनीय योगदान पु¥याएको भन्दै योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । योगगुरु भट्टराईले योगको प्रशिक्षण दिनाका साथै यसको महत्वबारे जानकारी दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्