काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ४९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: