काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले धेरै संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगले बागमती प्रदेश सरकार र स्थानीय तहका लागि विभिन्न सेवा समूहमा एकैपटक १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो ।
आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका ५औँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार १ सय १३ कर्मचारीको माग गरेको छ । त्यसैगरी इच्छुक उमेदवारहरुले माग २८ गतेसम्म दरखास्त बुझाउन सक्ने सुचनामा उल्लेख गरिएको छ । हेर्नुहोस् प्रदेश लोकसेवा आयोगले प्रकाशित गरेको सुचना: