काठमाडौँ । चीनको एक रेष्टुरेन्टमा आगलागी भएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।
सो आगालागीमा अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ । स्थानीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो ।
चीनको रेष्टुरेन्टमा आगलागी हुँदा घाइते भएकाहरूको उपचार भइरहेको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्