नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न (आज) मंगलबार थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न लागेको हो ।
मंगलबार दिउँसो ३ बजे यसका लागि बोलकबोल हुने भएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको फागुन १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
माघमा यो चौथो पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो । केन्द्रीय बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ९ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्