बुधबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भू-भागमा हुस्सु र कुहिरो लागेको छ । बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर चिसो बढिरहेको हुँदा यसको असरबाट बच्न आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । बुधबार सूर्यास्त साँझ ५ बजेर ४३ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्