काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले पहाडी भू-भागमा अहिले आंशिक बदली रहेको जनाएको छ । शुक्रबार तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
देशभर चिसो बढि रहेको हुँदा यसको असरबाट बच्न महाशाखमले सबैलाई आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्