सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा एक महिलाको शव फेला, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-६की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा निर्वस्त्र अवस्थामा फेला परेको हो ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर प्राप्त भएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेका थिए । प्रहरी मिश्रले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन । उनको केहि दिनअघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका-८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा उक्त महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्