कागतीको मूल्य बढ्यो, शुक्रबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कागतीको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार शुक्रबार नेपाली ठूलो गोलभेडाको मुल्य ६० रुपैयाँ, भारतीय सानो गोलभेडा २५, अदुवा २ सय २०, रातो आलु र रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ४०, कागती २ सय ५०, सुकेको खुर्सानी ४ सय ५०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । त्यसैगरी हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १ सय, कालो अंगुर २ सय, केरा १ सय २० रुपैयाँ दर्जन, अनार २ सय ३०, किवी ३ सय, आभोकाडो ३ सय, अम्बा १ सय २० र स्ट्रबेरी भुइँऐँसेलु ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रुपैयाँमा कारोबार भइरहेको छ । तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा चमसूर, पालुँगो, मेथी, सौफको साग र जिरीको साग ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार गुन्द्रुक २ सय ५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १ सय र पुदिना ४ सय ५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३ सय ५०, हरियो लसुन १ सय २० रुपैयाँमा कारोबारको भइरहेको छ । लाम्चो भान्टा ४०, भिण्डी ९० र हरियो धनियाँ ८० रुपैयाँ पाइने समितले जनाएको छ । ताजा छडी माछा २ सय ५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २ सय ५०, रहु माछा ३ सय ५० र मंगुरी माछा ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्