काठमाडौँ । साताको कारोबारको छैठौँ दिन (आज) शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ८ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ सय ९५, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्