स्थायी आवास निर्माणका लागि ७५ करोड रुपैयाँभन्दा बढि निकासा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ । सो आवास निर्माणका लागि हालसम्म जिल्लामा २६ हजार ७ सय ७ वटा अस्थायी आवास निर्माण भएका छन् भने ५ हजार ६ सय ३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन् । चौरजहारी नगरपालिकामा ५ हजार ५ सय ६३, मुसीकोट नगरपालिकामा ६ सय ६६ वटा, सानीभेरी गाउँपालिकामा ६ हजार ६ सय ७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २ सय ६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

यसैगरी चौरजहारी नगरपालिकामा रु १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा रु २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा रु ३ करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा रु १४ करोड ३३ लाख रुपैयाँ लााभग्राहीको खातामा रकम जम्मा भएको छ । साथै, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा रु ६ करोड ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्