काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई नि:शुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।
पशुपति क्षेत्रमा सोमबार आयोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा.निकोलस भुसालले जानकारी दिएका छन् । चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर-घरमा ज्ञान, ध्यान र योग पुर्याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।
महायज्ञमा करिब १ लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्