काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज ) सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्