काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
बिहीबार देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने छ । आज कर्णाली प्रदेशको पहाडी भागका थोरै स्थानहरूका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।