काठमाडौँ । बालेन शाहको कोर टीमले रवि लामिछाने भन्दा बालेन धेरै लोकप्रिय रहेकाले सकेसम्म मिल्ने प्रस्तावमा जाने तर अनावश्यक सर्त नमान्नेगरी ब्रिफिङ गरेको छ । देशभर बालेन शाहको क्रेज निकै बढी भएकाले रवि विना नै पनि अघि बढ्न सकिने निष्कर्ष बालेन टिमको देखिएको हो ।
‘बालेन रविसँग मिल्न तयार भएको खण्डमा रास्वपा ठुलो बैकल्पिक शक्ति बन्ने देखिन्छ भने बालेन एक्लै चुनावमा गए, बालेन नयाँ शक्तिका रुपमा उदाउने पक्का छ ।’ बालेन निकट स्रोतले भन्यो, ‘सकेसम्म मिलेर जाने कुरा त हो, तर मरिहत्ते नगर्ने कुरामा हामी प्रष्ट छौँ ।’
यसकै तयारी स्वरुप बालेनको सचिवालयले एमाले र काँग्रेसका केहि लोकप्रिय युवा नेताहरुसँग पनि छलफल गरेका छन् ।
रविसँग कुरा नमिले देश विकास पार्टीबाट चुनाव लड्नेगरी बालेनको टीमले समानुपातिकतर्फका उम्मेदवारको सूची समेत संकलन गर्ने काम गरिरहेको बालेन निकट स्रोतको दाबी छ ।
रवि र बालेन छान्नुपर्दा सुदन बालेनतिरै आउने तयारीसमेत भएको बुझिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्