Skip to content

‘रवि र बालेनको सहमति नभएसम्म गेट खोल्दैनौँ’ : सुदन गुरुङ

कालोपाटी

४ घण्टा अगाडि

जेनजी अगुवा सुधन गुरुङले रवि र बालेनबीच सहमति नजुटेसम्म उनीहरु बसिरहेको घरको गेट नखोल्ने बताएका छन् । सो घर बाहिररहेका सुदनले सो घरको गेटमा रहेका गुरुङले दुई नेताबीच कुरा नमिलेसम्म गेटको चावी नखोल्ने अडान लिएका हुन्।

गुरुङले सार्वजनिक गरेको एक भिडियोमा भनेका छन् – ‘दुई जना नेता भित्र हुनुहुन्छ। जबसम्म दुई जना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। मेयर साहब र रवि लामिछाने—कुरा नमिलेसम्म न कोही भित्र जान पाउँछन्, न कोही बाहिर निस्कन पाउँछन्। दुवै जना मिलेर आए भने मात्र गेट खुल्छ, नत्र खुल्दैन। साँचो हामीले बोकेका छौँ।’

उक्त घटनाले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्