काठमाडौं । जनप्रिया लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।
आज समानुपातिक बन्द सूची बुझाउने अन्तिम दिन भएकाले उक्त पार्टीले आयोगमा सूची पेस गरेको हो।
यससँगै नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले पनि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। यसरी बन्द सूची पेस गर्ने दलको संख्या चार पुगेको छ।
आयोगका अनुसार हिजो र आज दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन पाउने व्यवस्था छ।
पेस गरिएका बन्द सूचीहरूको पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ। छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता तथा सूचीको संरचना जाँच गरिनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्