Skip to content

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी

कालोपाटी

२४ मिनेट अगाडि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा विजयी भएका छन् । वीर अस्पतालमा कार्यरत डा। शेर्पा यसअघि काउन्सिलका सदस्यसमेत थिए ।

सम्पन्न मतगणनाअनुसार डा। शेर्पाले ५ हजार २३४ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा जीत हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी डा। गुरुशरण शाहले ४ हजार ३५० मत ल्याएका छन् भने अर्का उम्मेदवार डा। अजयसिंह थापाले १ हजार ८४४ मत प्राप्त गरे ।

त्यसैगरी, नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा आठ जना निर्वाचित भएका छन् । सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४ हजार ८५७ मत प्राप्त गरेका छन् ।

सदस्यमा निर्वाचित हुनेहरूमा डा। सारिका गोइत ९४,४७९०, डा। दिपेन्द्र पाण्डे ९४,०१५०, डा. योविन कुमार यादव ९३,६४८०, डा. अस्मिता पोखरेल ९३,४०४०, डा. सम्राट पराजुली ९३,२८२०, निना राई ९३,१११० र डा. रबिन बस्नेत ९३,०७२० रहेका छन् ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेका थिए ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान भएको थियो । निर्वाचित उपाध्यक्ष तथा सदस्यहरूको पदावधि चार वर्षको रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्