काठमाडौं । सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु, सचेतनासम्बन्धी प्लेकार्ड र ब्यानरहरू सहित र्याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को आज एक विशेष समारोहकाबीच भव्य शुभारम्भ गरिएको छ ।
सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।
जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले हात-हातमा ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड र ब्यानरहरू बोकेका थिए । र्यालीमा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौूँ, ‘मपसे गरी सवारी साधन नचलाऔँ’, ‘लेनको पालना गरौँ’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए ।
सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए । उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक–सहचालक लक्षित प्रशिक्षण र अन्तर्क्रिया सञ्चालन गरिने जानकारी दिए । यो विशेष अभियानले उपत्यकाको यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ ।बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्