काठमाडौँ । इथियोपियामा अफ्रिकाकै सबैभन्दा ठूलो विमानस्थल निर्माण कार्य सुरु भएको छ। इथियोपियन एअरलाइन्सले बिशोफ्टु शहरमा १२ अर्ब ५० करोड अमेरिकी डलर (करिब १८ खर्ब रुपैयाँभन्दा बढी) को लागतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना सुरु गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार यो विमानस्थल सन् २०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इथियोपियाको राजधानी आदिस अबाबाबाट करिब ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बिशोफ्टु शहरमा निर्माण हुन लागेको यस विमानस्थलमा चारवटा रनवे रहनेछन्। प्रधानमन्त्री अबी अहमद अलीले सामाजिक सञ्जाल एक्समार्फत यो परियोजना अफ्रिकी इतिहासकै सबैभन्दा ठूलो उड्डयन पूर्वाधार आयोजना हुने बताउनुभएको छ।
नयाँ बिशोफ्टु अन्तर्राष्ट्रिय विमानस्थलमा एकैपटक २७० वटा विमान पार्क गर्न मिल्ने व्यवस्था हुनेछ भने वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्ने क्षमता रहनेछ। यो क्षमता हाल इथियोपियाको मुख्य विमानस्थलको क्षमताभन्दा चार गुणा बढी भएको प्रधानमन्त्री अलीले जानकारी दिनुभएको छ।
यात्रु सङ्ख्या, गन्तव्य विस्तार तथा राजस्वका आधारमा इथियोपियन एअरलाइन्स हाल अफ्रिकाकै सबैभन्दा ठूलो विमान कम्पनी मानिन्छ। नयाँ विमानस्थल निर्माणपछि इथियोपिया अफ्रिकी उड्डयन क्षेत्रको प्रमुख केन्द्रका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्