काठमाडौँ । चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर बढीको वस्तु तथा सेवा निर्यात गर्दै ऐतिहासिक व्यापार अधिशेष कायम गरेको छ। अमेरिकी भन्सार शुल्क वृद्धि र व्यापार युद्धको दबाबका बाबजुद चीनको कुल व्यापार अधिशेष नयाँ रेकर्डमा पुगेको हो।
सरकारी तथ्याङ्क उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार अमेरिकातर्फको निर्यात सुस्त भए पनि दक्षिण अमेरिका, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात बढ्दा समग्र व्यापार सन्तुलन चीनको पक्षमा गएको छ।
चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले वृद्धि भई ३७ खर्ब ७० अर्ब डलर पुगेको छ भने आयात घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष ९ खर्ब ९२ अर्ब डलर थियो।
विश्लेषकहरूका अनुसार कम्प्युटर चिप, विद्युतीय उपकरण तथा तीसँग सम्बन्धित सामग्रीको विश्वव्यापी माग, साथै कार निर्यातमा भएको वृद्धि चीनको निर्यात विस्तारको मुख्य कारण बनेको छ। बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको सरकारी वृद्धिदर लक्ष्य नजिक पुर्याउन सहयोग पुगेको बताइएको छ।
तर सस्तो चिनियाँ वस्तुहरूका कारण स्थानीय उद्योग प्रभावित हुन सक्ने भन्दै केही देशहरूले चिन्ता र चेतावनीसमेत व्यक्त गर्न थालेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्