Skip to content

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय जनवरी २१, २०२६ (माघ ७) देखि लागू हुने बताइएको छ।

निर्णयले नेपालसहित दक्षिण एशिया, ब्राजिल, कोलम्बिया, उरुग्वे, बाल्कन क्षेत्र, अफ्रिका, मध्यपूर्व र क्यारिबियनका धेरै देशका नागरिकलाई असर गर्नेछ। प्रभावित देशहरूमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, ब्राजिल, कोलम्बिया, नाइजेरिया, इरान, इराक, रूस, सुडान, सिरिया, यमन लगायतका ७५ देश समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता टोमी पिगोटले सम्भावित आप्रवासीहरू अमेरिकामा सार्वजनिक बोझ नबन्ने सुनिश्चित गर्न भिसा प्रक्रिया पुनरावलोकन गर्ने बताएका छन्। सामाजिक सहायता र सरकारी सुविधामा निर्भर हुन सक्ने विदेशी नागरिकको प्रवेश रोक्न यो कदम उठाइएको बताइएको छ।

तर, पर्यटक (भिजिटर) भिसा प्रक्रिया यसबाट प्रभावित हुने छैन। सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकामा आयोजना हुने भएकाले आगन्तुक भिसा प्रक्रिया निरन्तर रहने जनाइएको छ।

ट्रम्प प्रशासनको यो कदमले आउँदो एक वर्षमा झन्डै ३ लाख १५ हजार कानुनी आप्रवासीको अमेरिका प्रवेश रोक्न सक्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार