काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् ।
आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति ट्रम्पले पवित्र उपासना स्थलमा इसाईहरूलाई डराउने र हैरानी दिने कार्य कदापि सहन नसकिने बताएका छन् । उनले न्याय मन्त्रालयले उक्त घटनाबारे पूर्ण छानबिन सुरु गरिसकेको जानकारी दिइन् ।
घटना त्यसपछि चर्किएको हो, जब चर्चका एक पादरी अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकायमा वरिष्ठ भूमिकामा रहेको दाबी अनलाइनमा फैलिएको थियो । यसै विषयलाई लिएर प्रदर्शनकारीहरूले चर्चलाई लक्षित गरेका बताइएको छ । उक्त प्रदर्शन मिनियापोलिस–सेन्ट पल क्षेत्रमा हालै देखिएका व्यापक विरोध प्रदर्शनहरूको हिस्सा भएको बताइएको छ ।
यस क्षेत्रका ३७ वर्षीया रेनी निकोल गुडलाई यसै महिना एक एजेन्टले गोली हानी हत्या गरेको घटनापछि संघीय निकाय र स्थानीय समुदायबीच तनाव बढ्दै गएको छ । चर्च घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी न्याय मन्त्रालयले नागरिक अधिकारसम्बन्धी छानबिन सुरु गरेको जनाएको छ । न्याय मन्त्रालयको नागरिक अधिकार विभागकी सहायक महान्यायाधिवक्ता हार्मिट ढिल्लनले प्रदर्शनकारीहरूले ‘पूजास्थल अपवित्र बनाएको र इसाई श्रद्धालुहरूको पूजा–आराधनामा हस्तक्षेप गरेको’ विषयमा संघीय कानुन उल्लंघन भएको छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । यस क्रममा संघीय ‘फ्रिडम अफ एक्सेस टु क्लिनिक इन्ट्रान्सेस एक्ट’ अन्तर्गत छानबिन भइरहेको छ, जसले पूजास्थलको सुरक्षासमेत सुनिश्चित गर्छ ।
ट्रम्प प्रशासनअन्तर्गतको गृह सुरक्षा विभागले पनि उक्त प्रदर्शनको कडा आलोचना गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा आन्दोलनकारीहरूले अब संघीय सुरक्षाकर्मी मात्र नभई चर्चहरूलाई समेत लक्षित गर्न थालेको आरोप लगाइएको छ । ट्रम्प प्रशासनले राज्य र स्थानीय अधिकारीहरूले अशान्ति रोक्न असफल भएको दाबी पनि गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्