काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ दमकका अध्यक्ष छवि खतिवडाले पार्टी छाडेका छन् र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्।
खतिवडाले राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटी अध्यक्ष र एमालेको संगठित सदस्य पदबाट राजीनामा दिएका हुन्। एमालेको ‘लालकिल्ला’ मानिने दमकमा अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छोडेर बालेनको चुनावी अभियानमा सामेल हुने निर्णय गर्नु राजनीतिक धक्का रूपमा हेरिएको छ।
आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको दबाब र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको स्पष्ट पारेका छन्। उनले भनेका छन्,“परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।”
यो घटनाले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा राजनीतिक चुनौती थपेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्