Skip to content

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी शुक्रबार पार्टी कार्यालय जाने

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा पदबहालीका लागि जाने भएको छ।

सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरू दिउँसो १ बजे पार्टी कार्यालय पुगेर पदबहाली गर्ने कार्यक्रम तय भएको छ।

विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्रीमा निर्वाचित भएका थिए। कुल १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो।

यसअघि शेरबहादुर देउवा र डा. शेखर कोइराला नेतृत्वका समूहले विशेष महाधिवेशन अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए। तर आयोग र अदालतले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिँदा पद बहाली सम्भव भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार