सानोथिमिस्थित बाल सुधारगृहको अहिलेको अवस्था सामान्य बनेको छ । सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहीबार राति बाल सुधारगृहमा दुई समूह बीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।
दुई समूह बीच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरी माथि नै ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।
सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्