काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई कामकाजी र उपलब्धिमूलक बनाउन सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष दाहालले सांसदहरूलाई सभाको गरिमा बढाउन र कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
उनले भने “जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै कानुन निर्माणमा तीव्रता दिनुपर्छ। सबै दलहरूले अधिवेशन सफल बनाउन सल्लाह र सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु।”
अध्यक्ष दाहालले राष्ट्रिय सभाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सरकार र निकायहरूलाई धन्यवाद दिंदै, सभाले केवल कानुन निर्माण मात्र नभई सरकारका कामकारबाहीलाई जनमुखी र प्रभावकारी बनाउने पनि मुख्य जिम्मेवारी भएको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्