काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनोज नेपाली दर्जीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आँधीखोला गाउँपालिका–२ निवासी ३४ वर्षीय दर्जीले पारिवारिक कारण देखाउँदै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
गरिब र धनीबीचको दूरी घटाउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका दर्जीले व्यक्तिगत तथा पारिवारिक समस्याका कारण उम्मेदवारी निरन्तरता दिन नसकिएको स्पष्ट पारेका छन्।
स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दर्जीले तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्। उनका अनुसार आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्यसूची रहेकोमा स्याङ्जा–१ बाट एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्