Skip to content

सभापति बनेपछि पहिलोपटक सानेपा पुगे गगन थापा

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। सभापति थापासँगै कांग्रेसका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सानेपामा उपस्थित भएका छन्।

सभापति थापाले केहीबेरमा पार्टी कार्यालयमै औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। पदभार ग्रहणपछि सानेपामा केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

सानेपा पुग्दा सभापति थापालाई कार्यकर्ताहरूले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए। विशेष महाधिवेशनपछि सानेपामा देखिएको यो उपस्थिति कांग्रेसभित्र नयाँ नेतृत्वप्रति उत्साहका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार