काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षित, भयरहित र व्यवस्थित रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। उनी शुक्रबार सशस्त्र प्रहरीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
अर्यालका अनुसार निर्वाचनका क्रममा आपराधिक गतिविधि र विध्वंस रोक्न प्रहरी पूर्ण क्रियाशील हुनेछन्। उनले भने, “भयरहित वातावरण बनाउनु अपरिहार्य छ, र त्यसका लागि हामी पूर्ण प्रतिबद्ध छौं।”
आईजीपी अर्यालले सशस्त्र प्रहरीको काम केवल निर्वाचन सुरक्षा मात्र नभई आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति मिसनमा पनि व्यापक रहेको बताए। विशेष रूपमा भारत र चीनतर्फ सीमा क्षेत्रमा सशस्त्र प्रहरी अग्रभागमा तैनाथ रहेको छ।
उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने अधिकृत, जवान तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। अर्यालले सशस्त्र प्रहरीको काम त्याग, समर्पण र बलिदानीसँग जोडिएको उल्लेख गर्दै सीमा सुरक्षा, सीमा क्षेत्रका विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति र कल्याणकारी काममा सक्रिय योगदान दिइरहेको जानकारी दिए।
सशस्त्र प्रहरीको स्थापना ९ माघ २०५७ मा अध्यादेशमार्फत भएको थियो र हाल करिब ३७ हजार जनशक्ति कार्यरत छन्। आईजीपी अर्यालले आगामी निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने अभिभावकीय भूमिका निर्वाह गर्न आवश्यक रहेको र सबैको सहयोग अपेक्षित रहेको बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्