काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सानेपामा बसेको बैठकमा गगन थापालाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार अगाडि बढाउने प्रस्ताव पेश गरेका हुन्। उनले बैठकमा बुँदागत रूपमा गगनलाई सर्वाधिक उपयुक्त उम्मेदवार किन मानिन्छ भन्ने विषय प्रस्तुत गरेका छन्।
शर्माले मुलुकको वर्तमान राजनीतिक र आर्थिक परिस्थितिको विश्लेषण गर्दै सही नेतृत्वको आवश्यकता रहेको र गगन थापाले उक्त चुनौतीलाई व्यवस्थापकीय रूपमा सम्बोधन गर्न सक्ने भएकोले उनलाई उम्मेदवार बनाउने सुझाव दिएको बताए।
उनले केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई सभापति गगन थापालाई नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव पारित गर्न अनुरोध पनि गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्