Skip to content

‘धोकेबाझ’ मन्त्रीको रामकहानी ! (टिप्पणी)

कालोपाटी

३ घण्टा अगाडि

काँग्रेस बिग्रियो, एमाले सुध्रिएन, रास्वपाले के नै गर्यो र ? यस्ता प्रश्नहरु हट सिटमा बसेर जगदीश खरेलले थुप्रैलाई सोधे, तिनै प्रश्नका कारण उनी निकै भाइरल पनि भए । तर राजनीतिक नैतिकताको प्रश्न उठाएर जनताको मनमा बसेका जगदीश खरेलभित्रको कालो अर्कै थियो । बाहिर तथष्ट देखिए पनि उनी काँग्रेसको सक्रिय कार्यकर्ता थिए । कांग्रेस पनि उनी सुरुमै थिएनन् । एमालेले भाउ नदिए पछि एमाले छाडेर काँग्रेस बनेका थिए ।

देशमा जेनजी आन्दोलन भएपछि जगदीश खरेललाई संचारमन्त्री बनाउनुपर्छ भन्ने कुरा उठ्यो । एनजीओ चलाएको अनुभव उनको योग्यता बन्यो, काँग्रेसलाई नागरिक सरकारमा पठाउनु हुन्छ र ? भन्ने बहस गर्न कोहि तयार भएन । बहस गर्ने वातावरण पनि थिएन । त्यसपछि उनी मन्त्री भए ।

उनको म्यान्डेट चुनाव थियो । चुनाव नै गर्न मात्र बनेको सरकारमा उनी संचारमन्त्री थिए । तर क्लासिक टेकको विवादमा बक्यौता नतिर्ने कम्पनीको संरक्षणमा उत्रिएका खरेलले भित्रभित्रै रास्वपाको राजनीतिक यात्राको प्लान बनाएका थिए । बाहिर राम्रो छवि भएको भन्दै रास्वपाले पनि उनको प्रस्ताव असेप्ट गर्यो । तर त्यतिबेला उनको मुखुण्डो उत्रियो, जति बेला उनी चुनावी म्यान्डेट छोडेर चुनावमा होमिए ।

अहिले खरेलले सजिलो क्षेत्र छानेर टिकट पाउँदा, रास्वपाका पुराना कार्यकर्ता रुष्ट छन् । खरेलको नैतिकतामा यसरी प्रश्न उठेको छ कि, उनले हट सिटमा बसेर जवाफ दिन कति गाह्रो हुनेरहेछ भन्ने भखर बुझ्न थालेका छन् सायद ।

तपाईं रास्वपामा प्रवेश गर्न लागेको हो ? पत्रकारले सोध्दा, खरेल “निर्णय गरेको छैन” भन्थे । राजिनामा दिने दिनसम्म उनले “राजनीतिमा जाने सोच छैन” भनी ढाँटिरहेका थिए, तर भित्रभित्रै टिकटको बार्गेनिङ्ग गरिरहेका थिए।

उनी अघि पत्रकारको रूपमा आदर्श मानिन्थे । तर उनी अहिले जनताको नजरमा एउटा असफल मन्त्री र अनैतिक नेताको रुपमा चिनिन थालेका छन् । रास्वपाका लागिसमेत उनी घाँडो टिकट बनेको कुरा घाम जतिकै छर्लंग छ ।

खरेलको विवादास्पद निर्णयको सूची लामो छ। वर्ल्ड लिंकको फ्री वाईफाई योजनालाई सरकारले गर्ने झूटो आश्वासन, ५० करोड बक्यौता नतिर्ने क्लासिक टेक कम्पनीको संरक्षण, चुनाव खर्च उठाएर म्यान्डेटको बेवास्ता गरेको आरोप, आदी आदी । तर, अझै पनि जनतालाई उनले प्रष्ट जवाफ दिएका छैनन् ।

काँग्रेस र एमालेको कक्टेल आस्थामा स्वतन्त्रको रस थपिएर झन् डबल कक्टेल बनेका खरलज्यू, राजनीतिको रसको मातमा आफ्नो गर्विलो व्यक्तित्वलाई मताउनु भईसक्यो, अव ह्यांगबाट उत्रिएर फ्रेश नागरिक बन्ने कि !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार