काठमाडौँ। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका केसीले ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मत प्राप्त गरे भने राष्ट्रिय जनमोर्चातर्फबाट बोमबहादुर खत्री पनि चुनावी मैदानमा थिए।
मतदान विवरण अनुसार, प्रदेशसभा तर्फ ७८ मत, स्थानीय तह तर्फ २०८ मत खसेको थियो। जसमा प्रदेशसभा तर्फ महिला ३० र पुरुष ४८ मत खसेका थिए। अनुपस्थित मतदाता प्रदेशसभा तर्फ ५ र स्थानीय तह तर्फ २ जना थिए।
केसीको विजयले कांग्रेसलाई लुम्बिनीमा बलियो उपस्थिति कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्