Skip to content

रेशम चौधरीको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, उम्मेदवार हुन नपाउने

कालोपाटी

१० घण्टा अगाडि

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

निर्वाचन आयोगले पहिले नै चौधरीको उम्मेदवारी रद्द गरेको थियो। आयोगले उनका विरुद्धको कसुर र कैदको अभिलेख कायम रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। यस निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर आइतबार अदालतले रिटमा सुनुवाइ गर्दा अन्तरिम आदेश नदिई अर्को सुनुवाइ माघ १५ गते तोकेको छ। यसकारण चौधरीले कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार