काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन्। ती घटनामध्ये सबैभन्दा बढी आगलागीका घटना रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिउँदको समयमा असावधानीका कारण आगलागीका घटना बढ्ने गरेका छन्। पछिल्लो २४ घण्टामा मात्रै देशभर १६ वटा आगलागीका घटना भएका छन्। परालको कुन्यूमा आगो लाग्नु, हावाहुरीले आगो फैलनु तथा आगो ताप्दा असावधानी अपनाउँदा आगलागी भएको विवरण सार्वजनिक गरिएको छ।
विपद्का कारण करिब २५ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने सात जना घाइते भएका छन्। आगलागीका घटना मोरङमा दुई तथा सुनसरी, भोजपुर, सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान र कैलालीमा एक–एक वटा भएका छन्।
यसैबीच, बागलुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। साथै सप्तरी, कपिलवस्तु र डोटीमा जनावरको आक्रमणका घटनाहरू पनि भएका छन्।
प्राधिकरणले आगलागी तथा अन्य विपद्बाट जोगिन सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्