काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न पत्राचार गरेको छ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलका अनुसार निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको र सम्बन्धित स्थानीय तह तथा जिल्ला समितिहरूले पनि आफ्नो क्षेत्रमा लागू गर्न पत्राचार गरिएको हो।
सरकारले आचारसंहिता २०८२ को सूचना पुस १२ गते नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको थियो। यसले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत लागू हुने व्यवस्था गरेको छ।
मन्त्रालयले पत्राचारमार्फत सबै तह र समितिलाई आवश्यक जानकारी उपलब्ध गराउँदै आचारसंहिता कार्यान्वयनमा ध्यान दिन अनुरोध गरेको छ। यस आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ विशेष रूपमा उल्लिखित छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्