काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले ५ लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे । बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा ५ लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले केही असर परेको उनको भनाइ छ ।
अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्ने सही नेतृत्व र सही समय भएको भन्दै ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेश उत्पादन र उद्यमशीलता प्रवर्द्धन नीतिमा ध्यान दिनुपर्ने सुझाए ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले ५ लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको बताए ।
भन्सार क्षेत्रलाई थप प्रविधिमैत्री र एकद्वार प्रणाली कार्यान्वयन गर्न उनको सुझाव छ । अग्रवालले विद्यमान भन्सार ऐनमा रहेका दण्ड(जरिवानासम्बन्धी व्यवस्था अव्यवहारिक रहेकाले पुनर्विचार गर्न आग्रह गरे ।
नेपालमा भन्सारका दरहरू समायोजन गर्दै प्रतिस्पर्धी बजारको निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्