Skip to content

सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाख खर्च गरेर वरमुढा घाँस रोपिँदै

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फको चउरमा सर्वसाधारणको प्रयोग सहज बनाउन वरमुढा घाँस रोप्ने योजना बनाएको छ।

यो चउर हाल युवा र बालबालिकाका लागि खेलकुद, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल र सार्वजनिक कार्यक्रमका लागि प्रयोग हुँदै आएको छ। योजना कार्यान्वयनले धुलो र हिलोको समस्या कम गर्दै खुला ठाउँको पहुँच र वातावरणीय सुन्दरतामा वृद्धि गर्ने लक्ष्य राखेको छ।

६१,२६३ वर्गमिटर क्षेत्रफलमा लागू हुने यस परियोजनामा २ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्माण पक्षलाई मंसिर २०८३ मसान्तसम्म काम सम्पन्न गर्न समय दिइएको छ। जमिन सन्तुलन गरी ३ इन्च मलिलो माटो राखी घाँस रोपिनेछ। साथै चउरमा ६ मिटर गहिराई र १.२ मिटर व्यासका ८ वटा आकाशे पानी सङ्कलन पिट बनाइनेछ।

यो परियोजना सर्वसाधारणको सहज पहुँच, सामाजिक अन्तरक्रिया र सहरी सुन्दरतामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार