Skip to content

गगनलाई सघाउने भन्दै सांसद उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि विभिन्न दलबाट कांग्रेस प्रवेश गर्ने क्रम तीव्र बनेको छ ।

कांग्रेस उम्मेदवार थापालाई सघाउने उद्देश्यले सर्लाही क्षेत्र नं. ४ का एक प्रदेशसभा उम्मेदवारसहित गोडैता नगरपालिकाका चार वडाध्यक्ष बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं. ४ (ख) का प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुजित महतो, वडा नं. २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं. ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं. ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस सभापति गगन थापाले सर्लाहीमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गर्ने वडाध्यक्षहरूमध्ये वडा नं. १ का वडाध्यक्ष महतो र वडा नं. २ का वडाध्यक्ष शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा), वडा नं. ५ का वडाध्यक्ष गुप्ता जनता समाजवादी पार्टी (जसपा) तथा वडा नं. ११ का वडाध्यक्ष पण्डित एमालेबाट निर्वाचित भएका थिए ।

यसैगरी, बसबरियाका जसपा नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूले मुलुकको विकास गर्न सक्ने स्पष्ट भिजन भएका नेता गगन थापा आफ्नो क्षेत्रमा उम्मेदवार बनेकाले उनलाई विजयी गराउन कांग्रेस प्रवेश गरेको बताएका छन् ।

यसअघि सर्लाही क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार