काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर दुई लाख २१ हजार कर्मचारी खटाइने भएका छन् । देशका ७७ जिल्लामा रहेका १६५ निर्वाचन क्षेत्रमा सञ्चालन हुने मतदानका लागि २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मत हाल्न मिल्ने १४३ अस्थायी केन्द्रमा उक्त सङ्ख्यामा कर्मचारी परिचालन गरिने तयारी गरिएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ भने केन्द्रमा खटिने अन्य कर्मचारीलाई मतदान अधिकृतमार्फत नै प्रशिक्षण दिने तयारी गरिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तथा मतपत्र बिहीबार नै देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पु¥याइसकिएको आयोगले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्