काठमाडौं । कालोपाटी न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित कालोपाटी डटकमको इलेक्सन पोर्टल इलेक्सन डट कालोपाटी डटकम सार्वजनिक भएको छ । फागुन २१ गतेको निर्वाचनसँग सम्बन्धित मतगणनाका पलपलका अपडेट, समाचार र उम्मेदवारको जानकारी दिनेगरी विशेष इलेक्सन पोर्टल ल्याइएको हो ।
कालोपाटी डटकमको होम पेजबाट चुनावी पोर्टलमा गएर वा सिधै इलेक्सन डट कालोपाटी डटकममा गएर चुनावी अपडेट लिन, उम्मेदवारबारे जानकारी लिन, हट सिटकाबारे जानकारी लिन, चर्चित उम्मेदवारबारे जानकारी लिन र मतदाता शिक्षासम्बन्धि ज्ञान लिन सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन सकिएपछि मतपरिणाम पनि कालोपाटीको इलेक्सन पोर्टलमा हेर्न सकिन्छ भने चुनावसँग सम्बन्धित सबै सूचना तथा समाचार पनि सो पोर्टलमा हेर्न सकिने कालोपाटी डटकमका सम्पादक मनोज केसीले बताए ।
केसीका अनुसार इलेक्सन पोर्टलमा क्षेत्रगत उम्मेदवारको विवरण, दल विवरण, सबै उम्मेदवारहरुको मतान्तर, सबै दलका घोषणापत्र र मतदाता शिक्षा एकै ठाउँमा राखेर इलेक्सन पोर्टल निर्माण गरिएको छ ।
कालोपाटी डटकमको इलेक्सन पोर्टलसम्बन्धि कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया भए [email protected] मा इमेल गर्नसमेत केसीले अनुरोध गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्