Skip to content

वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । वसन्त ऋतु सुरु भएसँगै काठमाडौंका लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन्। सडक किनारा र पार्कहरूमा सेता–गुलाबी फूलले शहरको सौन्दर्य झन् निखारिएको छ।

शहरी सुन्दरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा चेरीका बिरुवा रोपेको थियो। अहिले ती बिरुवामा फूल फुलेसँगै उपत्यकाको वातावरण नै रंगीन बनेको छ।

चेरी फुलेपछि सर्वसाधारणहरू फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने र घुमघाम गर्ने क्रम बढेको छ।

जापानको राष्ट्रिय फूलका रूपमा चिनिने चेरीले अहिले काठमाडौंको वसन्तलाई अझ विशेष बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार