काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेसँगै राजधानीका विभिन्न मतदान केन्द्रमा व्यवस्थापन कार्य तीव्र पारिएको छ।
काठमाडौँको महाबौद्ध क्षेत्र, दरबार हाई स्कूल, पद्मकन्या क्याम्पस र वाल्मीकि क्याम्पसमा स्थापना गरिएका मतदान केन्द्रमा नेपाल प्रहरी, निर्वाचन प्रहरी, स्थानीय तहका कर्मचारी तथा निर्वाचन अधिकृतहरू सक्रिय रूपमा खटिएका छन्।
मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुत बनाउनुका साथै मतदान कक्षको तयारी, मतपेटिका व्यवस्थापन, मतदाता लाइन व्यवस्थापन, प्रवेश तथा निकास मार्ग निर्धारणलगायतका कामहरू भइरहेका छन्। मतदानलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सुरक्षाकर्मीले विशेष निगरानी बढाएका छन्।
निर्वाचन अधिकृतहरूले मतदान सामग्रीको अन्तिम जाँच, कर्मचारी परिचालन र आवश्यक निर्देशन दिइरहेका छन्। स्थानीय तहका प्रतिनिधिहरूले पनि समन्वय गरी केन्द्रहरूको व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
निर्वाचन आयोगले सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति र सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। राजधानीका संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्