Skip to content

बालकोटमा ओलीले गरे मतदान (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महिन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ओलीले सो मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानका लागि बिहानैदेखि मतदाताहरूको उपस्थिति देखिएको थियो।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकले सक्रिय रूपमा मतदानमा सहभागी हुनुपर्ने बताए।

देशभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदान सुरु भएको छ भने मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन्। निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार