Skip to content

काठमाडौं र भक्तपुरमा उत्साहपूर्वक मतदान (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं र भक्तपुरका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्।

बिहीबार बिहानदेखि नै मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। विभिन्न केन्द्रहरूमा महिला, पुरुष तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको छ।

मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ। मतदाताहरू पालो कुर्दै लाइनमा बसेर मतदानमा सहभागी भइरहेका छन्।

निर्वाचन आयोगका अनुसार देशभर बिहानदेखि नै मतदान सुरु भएको छ र अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार