काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मतदान समय सकिएको छ।
निर्वाचन आयोगले निर्धारण गरेको समयअनुसार बिहानदेखि सुरु भएको मतदान साँझ तोकिएको समयमा समाप्त भएको हो। यद्यपि मतदान समय सकिँदासम्म मतदान केन्द्रभित्र लाइनमा रहेका मतदाताहरूलाई भने मतदान गर्न दिइने व्यवस्था गरिएको छ।
देशभरका अधिकांश मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। सुरक्षा व्यवस्था कडा पार्दै मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो।
अब मतपेटिका संकलन गरी सम्बन्धित स्थानमा पुर्याएपछि मतगणनाको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।


सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्