Skip to content

इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ ।

आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ ।

आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बीबीसीसँग कुरा गर्दै एक स्थानीयले भने, ‘रात एक्कासी दिनजस्तै उज्यालो भयो ।’ रातभर भएका आक्रमणमा इजरायलले विशेषगरी तेल भण्डारण र प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार