काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य सुरु गरेको छ । कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेड पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ ।
अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिने छ । कल्भर्ट निर्माणको काम प्रारम्भ भएसँगै हाललाई सो सडक आवागमनमा पूर्ण बन्द गरिएको छ । डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ ।
यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ रहेको छ । कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँड्नु परेकाले हाल महानगरले पैदल यात्रीलाई समेत निषेध गरी निर्माण कार्य अगाडी बढाउने जानकारी दिएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्