Skip to content

‘जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु’ :केपी ओली

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।निर्वाचनको सम्पूर्ण परिणाम आएपछि सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएकोु बताएका छन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन्।

निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका छन्।

‘हामी जनताकै बीचमा रहनेछौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद,’ उनले भनेका छन्।
एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ।
अध्यक्ष केपी शर्मा ओली झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार