काठमाडौं । इनिसालाई न्याय दिन माग गर्दै पद्मकन्या क्याम्पसका छात्राहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
शुक्रबार विद्यार्थीहरूले माइतीघरमा भेला भएर पीडितलाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी छात्राहरूले प्लेकार्ड बोकेर घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए।
प्रदर्शनकारीहरूले महिलामाथि हुने हिंसाविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गर्दै पीडितलाई छिटो न्याय दिलाउन माग गरेका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्